२०८३ भाद्र ८ गते सोमवार

दुर्घटना स्थलमा उद्योग वाणिज्य संघले राख्यो डिभाइडर


शरद रेग्मी,तुलसीपुर, भदौ ८ । तुलसीपुर उद्योग वाणिज्य संघले पछिल्लो समय दुर्घटना बढिरहेको स्थान तुलसीपुरको मदन आश्रित चोकदेखि गुम्राह चोकसम्मको सडकमा डिभाइडर राखेको छ।

एक हप्ता नबित्दै दुई जनाले ज्यान गुमाउनु परेको तथा दैनिकजसो दुर्घटना हुने गरेको क्षेत्रलाई लक्षित गर्दै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय तुलसीपुर, स्थानीय सरकार र राप्ती बबई क्याम्पसको सहकार्यमा अभियान सुरु गरिएको हो।

जनचेतना अभिवृद्धि तथा दुर्घटना न्यूनीकरणका लागि पहिलो चरणमा नमुनाका रूपमा करिब १ लाख ६० हजार रुपैयाँ बराबरका डिभाइडर राखिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले जानकारी दिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली, पूर्व जनप्रतिनिधि एवं सामाजिक अभियन्ता नवराज लामिछाने, पूर्व अध्यक्ष विमल रिजाललगायतले सडक दुर्घटना न्यूनीकरणका लागि अभियान प्रभावकारी हुने बताए ।

उनीहरूले सडक सुरक्षाका लागि प्रहरी, स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नागरिकबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *