गजल
यस्तो गर्छु उस्तो गर्छु सधै करायको देखे
चारजनाको विचमा वोल्न डरायको देखे।।
संस्कृति र परम्परा जोगाउन नसक्ने हरु
परायको घरको खाना मन परायको देखे ।।
विकाश र सम्वृद्धी खोज्दै हिड्ने हरु कठै
नभेटायरै उतै रनभुल्ल परी हरायको देखे ।।
पाईन्ट र टिसर्ट फेर्दैमा करनी नहुने होईन
साड़ी र चोलीमा हुनेले यही ठरायको देखे ।।
दिदीवहीनी- दाजुभाई सवै आफ्नै भन्नेले
अन्धों बनेर छिनमै इज़्ज़त छरायको देखे ।।
मेघराज पौडेल
बबई -५ पुरन्धारा हापुरे , दाङ
हाल दक्षीणकोरिया
प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार