२०८१ बैशाख ११ गते मङ्गलवार

याद

बिहानै मोवाइलको
आलाम संगै बिउँझन्छु
मेसिन जस्तै काममा खट्छु
जाँगर चलेको दिन मात्रै
आँफै खाना बनाउँछु
नत्र प्याकिङ फूडले
यो पापी पेट भर्छु ।
प्रिय यहाँ भान्सामा
तिम्रो चुरा बज्दैन
तिम्ले जस्तै
मिठो खाना
पस्किएर दिने
कोही छैन ।

त्यहाँ भाले डाको संगै
तिमि जाक्थ्यौ
अनि तिमी
चरणस्पर्ष गथ्र्यौ
बेडमै चिया ल्याउँथ्यौ
म यहाँ साहुका लागि
ठिक त्यसै गर्छु
त्यो सबै तिम्रै
खुुसीको लागि हो
हाम्रै भविश्यको लागि हो ।
तिमि जस्तै
म यहाँ एका बिहानै
अलामसंगै उठ्छु
अनि काममा कुद्छु
म काममा दौडिडा
धडकन तिम्रो हुन्छ
स्वास प्रश्वास
बच्चाहरुको
मेरा मार्ग दर्शक
बा आमा शिरमा
उहाँको विश्वास र आशिष
छातिमा मेरो देश हुन्छ ।
प्रिय,
तिम्लाई थाहाँ छ

 

गरिबीले संगै बस्न दिएन
बिदेशीनु मेरो बाध्यता हो
म कति आतुर छु
घर फर्किन
ऋण मात्रै तिर्न देउ
अनि रमाउला ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *