२०८२ असार १ गते सोमवार

नजन्मिएको युगान्तकारी

—विशाल गुप्ता
खस्नुसम्म खसी सकें छैन मेरो आधार
सिउँन खोजे देशको झण्डा हुन्छ अझ चिरफार
यथार्थमा दोष मेरो दिएनन् न्याय मलाइ
बिरोधमा लड्दै गएँ सपनालाई जलाई ।।

तिरुँ कसरी माटोको ऋण कहिले होला उद्धार
भौतारिए चारैतिर पाईन मैले आधार ।।
रुँदै छिन नेपाल आमा सन्ततिलाई हेरेर
जुटौं अनि जागौँ जनता राज्यसत्ता फेरेर । ।

बस्नुहुन्न युवाहरु अन्याय हेरेर
समुन्नत देश बनाउँ विधि फेरेर । ।
शान्तीको दुत हौं क्रान्तिको बारुद पनि
छर्दै उज्यालो मोमबत्ती झैँ जल्दै आगोसंगै दन्दनी ।।

देशको एक युवा हुँ म आशा रहेछ जिन्दगी
विचारमै विष घोलिदियो कठै १ आत्मा भयो बन्दगी ।।
कति दोधारमा परेछ है जिन्दगी व्यथा बन्यो कहानी
भिजे तरेलीका परेलीहरु छैन आँखामा पानी ।।

जीवन चित्र विचित्रको छ कथा लुक्यो जीन्दगीको
खोज्दैछु घरी घरी आफैँलाई कता पुग्यो जीन्दगी यो ।।
छट्पटी भो आफैँभित्र मनमा आँधी चल्न थाल्यो
ह्ेर्दा हेर्दै खरानी भो जीवन आफैँ जल्न थाल्यो ।।

सत्य के हो थाहा छैन ढाकछोप गर्ने धेरै छन्
कलीयुग हो नरभक्षी पापभोग गर्ने धेरै छन् ।।
सुतेकै छन् मस्तसंग सपनाका भोगीहरु
लछारपाटो केही लाएनन् सदा दीर्घरोगीहरु ।।

नदेखेको केही छैन टुटेकै छन् एकता
मापदण्ड छैन कुनै न छ कुनै योग्यता ।।
सदाचारी, ब्रम्हचारी भन्छन् आफै क्रान्तिकारी
छैन अझैँ जन्मिएको यो देशमा युगान्तकारी ।।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *