२०८३ भाद्र २५ गते बिहिवार

नक्कली वन अधिकृत पक्राउ

दाङ, भदौ २५ ।


कैलालीमा एक जना नक्कली वन अधिकृत पक्राउ परेका छन् ।
जिल्लाको कैलारी गाउँपालिका – ४ का २५ बर्षीय दिपेश चौधरी पक्राउ परेका हुन । चौधरीले आँफुलाई नक्कली वन अधिकृत भन्दै स्थानीय एक युवतिलाई प्रेम सम्बन्धमा पारी उनका घर परिवारका सदस्य तथा नातादारलाई ठगी गरेको उजुरीका आधारमा उनी पक्राउ गरिएका हुन ।


चौधरीले वन कार्यालयमा नोकरी लगाइ दिने प्रलोभन देखाएर नक्कली परिचय पत्र तथा नियुक्ती पत्र बनाइ बिभिन्न ब्यक्तिलाई ठगी गरेको खुलेको कैलालीका प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।
चौधरीलाई प्रहरीले धनगडी उपमहानगरपालिका – १ स्थित डिभिजन वन कार्यालय सडक खण्डबाट पक्राउ गरिएको जनाएको छ । प्रहरी हिरासतमा रहेका ठगी आरोपी चौधरी माथि ठगी कसुरमा मुद्दा दर्ता गर्ने गरि अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *