२०८१ बैशाख ७ गते शुक्रवार

पश्चाताप

गौंडा धेरै ढुके
धेरै जुत्ता फाटे
वरिपरी
चारी बस्नेहरु हुन्थे
एउटा कालिज
बल्झाउन
ठूलो घेराबन्दी हुन्थ्यो ।

एक समसाँझै
जवानीले भरिपूर्ण
कालिज नजिक आइ
पंख फिजाएर
शिकारी सम्मुख
फूर्तीसाथ खेली
त्यो धावा थियो
शिकारीको पुरुसत्तो माथि ।

शिकारी घमण्ड पूर्वक
निशाना साँध्यो
तर, बुढो उस्को बन्दुक
जति गर्दापनि पड्किएन
अनि लाचार शिकारी
कालिजको चाल हेर्दै बस्यो
किनकी, आज उसंग शक्ति छैन
दौडिएर कालिज समात्न ।

कुनै दिन थिए
शिकारीको हाँसोमा
थुप्रै कालिजहरु बल्झिन्थे
आज आफ्नै अतित उस्लाई
सपना जस्तै लाग्छ ।

हो, शक्ति संधै
एकनास रहँदैन
हाँसो
दाँत नझर्दा सम्म
गाला मूजा नपर्दा सम्म
मात्रै रहेछ
उस्ले यो तथ्य
बल्ल आज बुझ्यो
अनि
बिगतका दुष्कर्म प्रति
प्रश्चाताप ग¥यो
आज उ संझाउँछ
कसैको हाँसो नखोस्नु
कसैको खुसी नखोस्नु ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *