२०८३ भाद्र १२ गते शुक्रवार

सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल दोस्रो

बाँके, पुस ७ । भारतको देहेरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका १६ जना खेलाडीले पदक हात पार्न सफल भएका छन् ।

उत्तराखण्ड तेक्वान्दो एशोसिएसन तथा यूपी गुडबिल तेक्वान्दो एशोसिएसनको संयुक्त आयोजनामा सो प्रतियोगिता सञ्चालन गरिएको थियो ।

तेक्वान्दोका प्रशिक्षक चन्द्र प्रकाश श्रेष्ठले प्रतियोगितामा १२ वटा देशका खेलाडीले प्रतिस्पर्धा गरेकोमा बाँकेका खेलाडीले ७ स्वर्ण, ५ रजत र ४ कास्य पदक प्राप्त गरी नेपाललाई दोस्रो स्थानमा ल्याउन सफल भएको बताए ।

प्रशिक्षक श्रेष्ठ आफैं पनि प्रतियोगितामा ५० वर्ष माथिको उमेर समूहमा प्रतिस्पर्धी थिए । उनले प्रथम स्थान हासिल गरेर स्वर्ण पदक जिते ।

प्रशिक्षक श्रेष्ठका अनुसार बाँकेबााट विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गरेका सागर धामी, विहान गोयल, अनुज गिरी, आभाष पराजुली र प्रिति विष्टले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक मेडल प्राप्त गरे ।

दोस्रो स्थान हासिल गर्दै रजत पदक प्राप्त गर्ने खेलाडीहरूमा तर्कराज देवकोटा, जुनु पासी, वियन्सा कक्षपति तथा तृतीय स्थान हासिल गरेर कास्य पदक प्राप्त गर्नेमा युवराज सिंह ठकुरी, हरके सिंह पाण्डे, अभिनव चौधरी रहेका छन ।

बाँकेबाट प्रशिक्षक श्रेष्ठको नेतृत्वमा १७ जना खेलाडी तथा कोच उमादेवी थापा, टिम मेनेजर प्रविण बहादुर ठकुल्ला, अन्तर्राष्ट्रिय रेफ्रि प्रकाश लामिछानेको टोली भारत पुगेको थियो ।

बाँकेबाट सहभागी भएर भारतमा तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेख्य सफलता हासिल गर्न सफल भएको प्रशिक्षक श्रेष्ठले बताए।

उत्कृष्ट रेफ्रीका रुपमा बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानलाई उतराखण्डका खेलकुद मन्त्री गुरमीत सिंहले सम्मान गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *