काठमाडौँ, भदौ २४ । एसिया कप-२०२३ को सुपर-४ अन्तर्गतको तेस्रो खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्।
आइतबार कोलम्बोस्थित प्रेमदासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार ३ः१५ बाट सुरु हुँदै छ। खेलको टस २ः४५ मा हुने छ।
आजको खेलमा वर्षाको सम्भावना अत्यधिक रहेकाले वर्षाले खेल प्रभावित भएमा सोमबार रिजर्भ डेमा बाँकी खेल खेलाइने एसिसीले जनाएको छ।
पाकिस्तानले आफ्नो पहिलो सुपर-४ मा बंगलादेशलाई ७ विकेटले पराजित गर्दै आफ्नो रवाफिलो यात्रा जारी राखेको छ।
भारतको भने यो सुपर-४ को पहिलो खेल हो। दुबै टिम एसिया कपको समूहचरणमा एकअर्का विरुद्ध भिडेका थिए। केन्डीस्थित पल्लेकेले मैदानमा भएको खेल वर्षाका कारण रद्द भएको थियो।
प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार