काठमाडौँ,भदौ १८ । एसिया कप क्रिकेटमा भारत विरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ।
नेपालका आसिफ शेख आउट भएसँगै नेपालले पाँचौ विकेट गुमाएको हो। आसिफ शेख ९७ बलमा ८ चौकासंगै ५८ रन बनाउँदा मोहमद सिराजको बलमा विराट कोहलीबाट क्याच आउट भएका हुन ।
नेपालले पाच विकेट गुमाउँदा १३२ रन बनाएको छ। ३० ओभरमा नेपालले पाँच विकेट गुमाएर १३४ रन जोडेको छ।
अहिले गुलसन झा र दिपेन्द्रसिंह ऐरी क्रिजमा छन । गुलसन १८ रन बनाएर खेलिरहेका छन ।
प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार