२०८३ बैशाख ६ गते आइतवार

लिग टू क्रिकेट ः तेस्रो विकेटका रुपमा नेपालले ज्ञानेन्द्रलाई गुमायो

काठमाडौँ,फागुन २५ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी०विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका छन् । पीएनजीका रिले हेकुरेले तेस्रो विकेटसमेत लिएका छन् । २५औं ओभरको अन्तिम बलमा हेकुरेले मल्ललाई असद भालाको हातबाट आउट गराएका हुन् ।

ज्ञानेन्द्रले १४ बलमा १ चौका प्रहार गरे । नयाँ ब्याटरका रुपमा कप्तान रोहितकुमार पौडेल क्रिजमा पुगेका छन् । २५ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर १४० रन बनाएको छ । ओपनर आसिफ शेख ७७ रन बनाएर खेलिरहेका छन् ।

पालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । हेकुरेकै बलमा आउट हुनुअघि कुशलले ५६ बलमा ४५ रन बनाएका थिए ।

कुशल र आसिफले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा आएका कुशल मल्ललाई पनि हेकुरेले नै २ रनको स्कोरमा आउट गरेका थिए ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *