२०८१ बैशाख १३ गते बिहिवार

१९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले आज सिङ्गापुरसँग खेल्दै

काठमाण्डौ ,फागुन १२ । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटको खेल आज शुक्रवारदेखि देखि यूएईमा सुरु हुँदैछ ।

नेपालसहित छ टोली सहभागी छनोट प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।

नेपालले आज सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे इडेन गार्डेन्समा सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल, सिङ्गापुर, मलेसिया, हङकङ, कुवेत र यूएई रहेका छन् । यो प्रतियोगिता लिगको आधारमा हुनेछ । शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्व कप खेल्न पाउनेछ ।

नेपालले अन्तिम पटक सन् २०१६ मा यो विश्व कप खेलेको थियो । नेपाल सन् २०१८ को १९ वर्षमुनिको विश्व कप छनोटमा अफगानिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो ।

त्यस्तै सन् २०१९ को एसिया क्षेत्र छनोटमा यूएईसँग डकवर्थ लुइस पद्धतिको आधारमा १ रनले पराजित भएको थियो । त्यो १ रनको हारले नेपालले सन् २०२० र २०२२ को १९ वर्षमुनिको विश्व कप खेल्न पाएन ।

नेपालको टोलीको कप्तानी देव खनालले गर्दैछन् । आज पहिलो खेल सिङ्गापुरसँग खेल्ने नेपाली टोलीले भोलि शनिवार कुवेतसँग, फागुन १५ गते हङकङसँग, १६ गते मलेसियासँग र अन्तिम खेल फागुन १८ गते यूएईसँग खेल्नेछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *