२०८१ बैशाख १३ गते बिहिवार

सन्दीपले लिए तेस्रो विकेट, स्कटल्यान्डले गुमायो छैटौं विकेट

काठमाडौँ,फागुन ५ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ब्यक्तिगत तेस्रो विकेट लिएका छन्।

स्कटल्यान्ड विरुद्ध राम्रो सुरुवात गरेको नेपालका लागि सन्दीपले २४।२ ओभरमा तेस्रो विकेट लिएका हुन्। उनले १९ रन खर्चिएर ३ विकेट लिएका हुन्। उनले क्रिजमा २२ रन बनाएर खेलिरहेका ब्रानडन म्याकमुलनलाई २२ रनमा आउट गरे।

स्कटल्यान्डले १११ रन जोड्दा छैटौं विकेट गुमाएको हो। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले स्कटल्यान्ड विरुद्व राम्रो बलिङ गरेको हो। नेपालका लागि कुशल मल्लले २ विकेट लिंदा कुशल भुर्तेलले अर्को एक विकेट लिएका थिए।

३४ रनमा पहिलो विकेट गुमाएको स्कटल्यान्डले ५१ रन जोड्दा दोस्रो विकेट गुमाएको थियो। त्यसपछि ५८ रनमा तेस्रो विकेट गुमाउँदा ६३ रन जोड्दा चौंथो विकेट गुमाएको उसले १०९ रनमा पाँच र १११ रनमा छैटौं विकेट गुमायो।

स्कटल्यान्डका लगि ओपनर क्रिश्टोफर म्याकब्राइडले २२ रन बनाउँदा कप्तान रिचाइ बेरिङ्गटनले १९ र टोमस म्याकिनटोसलेपनि १९ रन बनाए।

अहिले ब्रान्डन म्याकमुलन २२ र र क्रिश ग्रेभस १६ रनमा आउट भए। अहिले माइकल लेस्क र ज्याक जार्भिस क्रिजमा छन्।

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *