२०८३ जेष्ठ २७ गते बुधवार

नेपाललाई स्वर्ण दिलाउने सुनितालाई सम्मान

तुलसीपुर,पुस ६ । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी सुनिता विष्टलाई सम्मान गरिएको छ ।

शान्ति निकेतन विद्यालय घोराहीले विद्यालयका तेक्वान्दो प्रशिक्षक बिष्टलाई बुधबार सम्मान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक टीकाबहादुर बस्नेत र पूर्व प्रिन्सिपल सुनिल गौतमले तेक्वान्दोको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै राष्ट्रिय झण्डा ओडाएर र सम्मान पत्रले सम्मान गरेको कोर्डिनेटर सन्देश केसीले जानकारी दिए ।

शान्ति निकेतन विद्यालय दोजाङका प्रशिक्षक विष्टले मलेसियामा आयोजित ‘मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप २०२२’ प्रतियोगीतामा नेपाललाई स्वर्णपदक दिलाएका हुन ।

गत मंसिर २३ र २४ गते भएको उक्त प्रतियोगीतामा बिष्टले नेपालकालागि एक स्वर्ण र एक रजत गरी दुई पदक जित्न सफल भएका हुन ।

विश्वका १३ देशका खेलाडीहरुको सम्मिलित प्रतियोगीतामा बिष्टले पियर पुम्सेमा स्वर्णपदक जितेका थिए भने एकल पुम्सेमा तेस्रो हुँदै रजतपदक जिेका थिए ।

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *