२०८१ मङ्सिर २९ गते शनिवार

आईपीएल ः गुजरात र बेङ्ग्लोर तथा राजस्थान र मुम्बई खेल्दै

काठमाण्डौ,बैशाख १७ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

दिउँसो पौने चार बजे मुम्बईमा सुरु हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् ।

यसअघिका ८ खेलमा ७ खेल जितेको गुजरात १४ अङ्ककासाथ शीर्षस्थानमा छ । ९ खेलमा १० अङ्क जोडेको बेङ्ग्लोर पाँचौँ स्थानमा छ ।

यस्तै आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । राजस्थान ८ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छ । अहिलेसम्म खेलेका ८ खेलमा पराजित मुम्बई अङ्कतालिकाको पुछारमा छ ।

आईपीएल क्रिकेटमा गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई २० रनले हराएको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *