काठमाण्डौ,चैत १५ । इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् ।
खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ ।
आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गुजरात र लखनउ आईपीएलमा नयाँ थपिएका टोली हुन् ।
आईपीएलमा यसपालि १० टोली सहभागी छन् ।
प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
