२०८३ जेष्ठ ३० गते शनिवार

शनिबार कोहलपुरमा महिला क्रिकेट एकेडेमीको शिलान्यास हुँदै

काठमाडौं, मंसिर ३ । बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शनिबार शिलान्यास हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले त्यसको सिलन्यास गर्ने भएका छन् । मन्त्री अथक शुक्रबार बेलुका नै गृजिल्ला पुगेका छन् ।

मन्त्री अथकले शनिबार नै नेपालगन्जमा हुने नेपालगन्ज म्याराथनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।
तीन दिने जिल्ला भ्रमणका क्रममा मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान, नेपालगन्ज रंगशालाका तथा जिल्लाभित्र रहेका खेलकुदका अन्य संरचनाको अवलोकन गर्नुकासाथै आफ्नो निर्वाचन क्षेत्रको अनुगमन गर्ने कार्यक्रम समेत रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रीका रुपमा पहिलो पटक पदभार ग्रहण गरेलगत्तै अथकले कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण गर्ने उद्घोष गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *