
तुलसीपुर, कात्तिक १४ । तुलसीपुरको सक्शेस फुटबल क्लबले घोराहीको युएनबिसीलाई दुई गोल अन्तरले पराजित गरेको छ । तुलसीपुरमा जारी प्रथम ‘हिरा डाँगी’ स्मृति कप खुला फुटबल प्रतियोगिता अन्तरगत आइतवारको सेमिफाइनल खेलमा सक्शेसले युएनबिसीलाई ० का बिरुद्ध २ गोल गर्दै फाइनल प्रबेश गरेको हो ।
खेलको ६७ आंै मिनेटमा जर्सी नं. ८ का ब्रिजेश चौधरीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि टिमका लागि जर्सी नं. ९ आशिष जिसीले प्रहार गरेको बललाई सदुपयोग गर्दै जर्सी नं. १० का सन्जु सेनले खेलको ७२ औ मिनेटमा दोस्रो गोल थपेका थिए ।
खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने जर्सी नं. ४ का खेलाडी सबिन ओली ‘म्यान अफ द म्याच’ घोषित भए ।
उनले नगद १ हजार ५ सय र ट्रफी हात पारे । खेलमा पहिलो गोल गर्ने जर्सी नं. ८ का ब्रिजेश चौधरीले २ हजार पुरस्कार पाए ।
अब सोमबार प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल हुने छ । जसमा टरिगाँउ फुटबल क्लब तुलसीपुर १२ र साहारा क्लब लखनउ भिड्ने भएका छन । खेल दिउँसो साढे दुई बजेपछी हुने प्रतियोगिताका संयोजक केशब चौधरीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २५ हजार, दृतिय हुनेले नगद ६० हजार, कप ,मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्यस्तै ब्यक्तिगत बिधा तर्फका वेष्ट प्लेयर,बेष्ट किप्पर, बेष्ट डिफेन्स , बेष्ट मिड फिल्डर, हाई स्कोरर, बेष्ट कोच, बेष्ट मार्चपासलाई जनही ५ हजार प्रदान गरिने भएको छ ।
