
दाङ, असार ६ । मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले लेखेको गीत र त्यसको नयाँ भिडियो सार्वजनिक भएको छ । मालपोत हाकिम खड्काको रचनामा रहेको आधुनिक गित ‘तिमि संग’ मा चर्चित गायक प्रमोद खरलको स्वर रहेको छ । गीतमा राजकुमार बगरको संगित दिएका छन् ।
शुक्रवारदेखि बजारमा आएको यो गीतमा सञ्तान नहुँदा नारीले खेप्नु पर्ने मानसिक र सामाजिक तनावको कथा उल्लेख छ । जस्तको निर्देशन बाबुराजा केसीले गरेका छन् भने नायक विक्रम बुढाथोकी र अञ्जु चौलागाईले अभिनय गरेका छन् ।
हेर्नुहोस भिडियो
प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार
अत्यन्त मार्मिक कथा र सत्य मा आधारित गित प्रस्तुत गरेका सर नरेश खड्का लाई बधाई छ साथै आगामी दिनमा पनि अरु यस्तै गित प्रस्तुत हुने छन् भन्ने कुरामा विश्वास व्यक्त गर्दछु |
समाजको यथार्त घटना लाई समेटिएको निकै मार्मिक गितको लागि हाकिम साब लाई धेरै धेरै बधाइ छ ।