
टोकियो, साउन २ । जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार भएको आगलागीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् ।
आगलागीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल भएकाले मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
आगलागीमा मारिएका व्यक्ति कम्पनीमा कार्यरत थिए । सरकारी अधिकारीहरुका अनुसार यस आगजनीमा परी ३५ व्यक्ति घाइते भएका र तीमध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । प्रहरीले संकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रकाशित मिति : २०७६ साउन २ गते बिहिवार