२०८१ माघ ९ गते बुधवार

युकेमा थारु कल्याणकारीणी सभा गठन 

 युकेमा थारु कल्याणकारीणी सभा 20 Feb 2024 का दिन पहिलो पटक गठन गरिएको छ।अध्यनको शिलशिलामा युकेमा पुगेका विद्यार्थीले थारूलाई एकसुत्र मा बाध्ने र एकअर्कालाई सहयोग हुने उदेश्यका साथ समिति गठन गरेका हुन ।

इन्जिनियर कवि कुसुम्याक‍ो अध्यक्षतामा गठन गरिएको समितिमा ३ उपाध्यक्ष,१ महासचिव,१ सचिव,१कोषाध्यक्ष र ९ सदस्य गरि १६ जनाको समिति वनाईएको छ। नेपालमा Prayas-Nepal, Caritas-Nepal  जस्ता विभिन्न सस्थामा इन्जिनियरिङ को अनुभव बटुलेका उनि भर्खरै वेलायतको university of the West of Scotland वाट मास्टर डिग्री गरेका हुन। नेपालमा दाङ को तुलसीपुर घर भएका उनी अहिले लण्डनमा वस्दै आएका छन।

 उपाध्यक्ष मध्य एक कर्म चौधरी हुन । नेपालको धनगढी घर भएका उनि university of Greenwich वाट भर्खरै network engineering मा डिग्री हासिल गरेका छन।नेपाल को वर्दिया घर भएका अर्को उपाध्यक्ष भिम चौधरी होटेल म्यानेजमेन्टसङ्ग सम्बन्धित छन भने अर्का उपाध्यक्ष सन्ध्या चौधरी university of Cumbria वाट डिग्री हासिल गरेकी नेपाल को घर पर्सा हो ।

महासचिव धनजित चौधरीको नेपालमा दाङ को ढकना हो ।नेपालको विभिन्न सङ्घसस्थामा लामो अनुभव बटुलेका उनी वेलायतमा अध्यनकै शिलशिलामा छन।त्यस्तैगरि सचिव प्रशान्त चौधरी university of East London मा अध्यन गरिरहेका  उनको नेपालमा उनको घर पर्सा हो।

 युकेमा beauty and therapics को म्यानेजर पद समालीरहेकी अमिता चौधरी कोषाध्यक्ष पदमा चुनिएकी छिन।पत्रकार क्षेत्रमा एक दशक लामो अनुभव बटुलेकी उनको नेपाल घर दाङको घोराही हो। त्यसै गरी सदस्यहरुमा सविना चौधरी,अनिता चौधरी,आकास चौधरी,मन‍ोज चौधरी ,निशाल चौधरी ,शुभम चौधरी,रिता चौधरी र आदर्श चौधरी रहेका छन।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस
  1. Aasha ram chaudhary says:

    Congratulations 🎉🎉🎉 all The organization that you have created based on your thoughts, Tharu Kalyan

  2. Aasha ram chaudhary says:

    Many congratulations to all Tharu Welfare Group in UK

Leave a Reply

Your email address will not be published. Required fields are marked *