२०८१ मङ्सिर २७ गते बिहिवार

इजरायल–हमास युद्धविराम थप १ दिन लम्ब्याइयो

काठमाडौँ ,मंसिर १४ । इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविराम थप एक दिन लम्ब्याइएको बताएका छन्।

इजरायली सेनाले ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै’ हमाससँगको युद्धविराम कायम रहने बताएको छ।

दुवैतर्फ बन्धक तथा बन्दी रिहा गर्ने सहमतिमा गत शुक्रबारदेखि चार दिनका लागि युद्धविराम घोषणा गरिएको थियो। तर दुवै पक्षको सहमतिमा युद्धविरामको अवधि १/१ दिन थप गर्दै लगिएको हो।

यसबीच इजरायलले आफ्ना जेलमा रहेका केही प्यालेस्टिनी बन्दी तथा हमासले आफ्नो नियन्त्रणमा रहेका बन्धकलाई रिहा गरेका छन्।

युद्धविराम लम्बिएसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा बढेको छ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *