केन्या,कात्तिक ३० । केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ । केन्यामा अल निनो वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा ४६ जनाको मृत्यु भएको हो । हजारौँ विस्थापित भएका छन् ।
सबैभन्दा बढी पभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् ।
केन्या सरकारले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ । ताना र आठ नदी विकास पाधिकण (टार्डा)ले लगातारको अविरल वर्षाका काण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ ।
केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आँकलन गरेको छ ।
प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार