काठमाडौँ,असोज २९ । अफगानिस्तानमा फेरि भूकम्प गएको छ।
उत्तरी अफगानिस्तानको हेरात सहरमा स्थानीय समयअनुसार बिहान ८.०६ बजे ६.३ म्याग्निच्युडको भूकम्प गएको हो।
अफगानिस्तानको टोलो न्युजले यसअघि पनि यस क्षेत्रमा भूकम्पको धक्का महसुस गरेको जनाएको छ।
अघिल्लो हप्ताको शनिबार मात्र हेरात प्रान्तमा गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी २५ सयभन्दा बढीले ज्यान गुमाएका थिए।
प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार