२०८१ जेष्ठ ११ गते शुक्रवार

अफगानिस्तानमा आत्मघाती बम विस्फोट ः २० जनाको ज्यान गयो, ४० जनाभन्दा धेरै घाइते

एजेन्सी । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ ।

४० जनाभन्दा धेरै घाइते भएका छन् । हिजो बेलुका बम विस्फोट भएको हो ।

अफगानी सुरक्षा निकायले भने अहिलेसम्म पाँच जनाको मात्रै ज्यान गएको पुष्टि गरेको समाचार संस्था अल जजिराले जनाएको छ ।

तालिबान सरकारले हताहतको सङ्ख्यालाई कम रिपोर्ट गरेको आरोप छ । इस्लामिक स्टेटले आक्रमण आफूले गराएको दाबी गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *