२०८१ बैशाख ८ गते शनिवार

पाकिस्तानमा भारतले बम खसाल्यो

फागुन १४ । भारतीय वायूसेनाको विमानले पाकिस्तानको नियन्त्रण रेखा पार गर्दै बम खसालेको छ । एलओसी पार गर्दै नियन्त्रण रेखा बालाकोटको क्षेत्रमा विमानले बम खसालेको हो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफुरले ट्वीट गरेका छन्, ‘भारतीय विमानले मुजफ्फराबाद सेक्टरमा घुसपैठ गर्‍यो । जवाफमा पाकिस्तानी सेनाले तुरुन्त कारवाही गरेपछि विमान भाग्यो । भाग्ने क्रममा उसले हड्बडाएर केही बमहरु खसाल्यो, जुन बालाकोट नजिक खसे । यसमा कुनै मानवीय वा भौतिक क्षति भएन ।’

यता भारतीय नेता विपक्षी कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले भने वायुसेनालाई बधाई दिएका छन् । ‘म भारतीय वायुसेनाका पाइलटहरुलाई सलाम गर्छु ’ उनले ट्विीट गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा संलग्नले त्यसको मूल्य चुकाउनु पर्ने बताएका थिए।

जवाफमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे केही नसोची त्यसको जवाफ फर्काउने बताएका छन्।

गत १४ फेब्रुअरीमा भारत प्रशासित काश्मिरको पलुवामामा आतंकवादी समूहको आक्रमणबाट ४६ भारतीय सैनिक मारिएका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *