२०८० चैत्र १६ गते शुक्रवार

आठ तल्ले भवनमा आगो लाग्दा २७ जनाको मृत्यु

टोक्यो,पुस २ । जापानको ओसाकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा परी २८ घाइते भएका छन् ।

उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढन सक्ने माइनीची सिन्बुनमा समाचार छ । ओसाकाको आठ तल्ले भवनमा शुक्रबार आगलागी भएको हो ।

भवनको चौथो तल्लामा रहेको मेडिकल क्लिनिकबाट आगो लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जापान प्रहरीलाई उदृत गर्दै समाचार छापिएको छ ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *