२०८२ माघ १० गते शनिवार

कोरोना भाइरस संक्रमितको संख्या भारतमा ११ हजार नाघ्यो

वैशाख ३। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार भन्दा बढी नाघेको छ।

भारतभर संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको छ। संक्रमितमध्ये १३ सय ६ जना निको भएको जनाइएको छ। यसैगरी मृतक संख्या ३ सय ७७ पुगेको उल्लेख छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो मंगलबार देशमा जारी लकडाउन वैशाख २१ गतेसम्म लम्ब्याउने घोषणा गरेका छन्।

कोरोना संक्रमणबाट भारतका महाराष्ट्र, दिल्ली, तमिल नाडु, उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश तथा तेलाङ्गाना लगायतका राज्यहरू धेरै प्रभावित बनेका छन्। यी राज्यमध्ये महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हो।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *