२०८१ असोज २४ गते बिहिवार

विमान दुर्घटना, पाँच जनाको मृत्यु

कात्तिक ८। मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार विमान दुर्घटना हुँदा कम्तीमा पाँच व्यक्तिको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनामा पाँच जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको तर यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले जानकारी दिएका छन् ।

विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ ।

विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको पनि पत्रिकाले उल्लेख गरेको छ । एजेन्सी

प्रकाशित मिति : २०७६ कार्तिक ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *