२०८१ बैशाख १५ गते शनिवार

पाकिस्तानमा पनि टिकटकलाइ प्रतिवन्ध

इस्लामावाद, असोज २५। पाकिस्तानले पनि सामाजिक सञ्जाल टिकटकलाइ प्रतिवन्ध लगाएको छ। पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरू परेको उल्लेख गरिएको छ।

‘अनैतिक सामग्रीहरू’ भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन्।

चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिवन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरूको भनाई छ। मुस्लिम संस्कार अनुसार महिलाहरूले बुर्का लगाउनु पर्ने, शारिरिक अंगहरू प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरूले त्यसलाई उलंघन गरेको उजरीकर्ताहरूको दाबी छ।

टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिवन्ध लगाइसकेका छन ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *