२०८० फाल्गुन २० गते आइतवार

चलचित्रका लागि कलाकार खोज्न तुलसीपुरमा अडिसन हुने

तुलसीपुर, माघ ४ । भविश्यमा चलचित्र निर्माण गर्ने लक्ष्य राखेको चन्द्र सुर्य मिडिया एण्ड मूभी मेकर्स प्रालिले कालाकारको खोजीका लागि तुलसीपुरमा अडिसन राख्ने भएको छ ।

भविश्यमा नेपाली कथानक चलिचित्र यही माघ ५ र ६ गते तुलसीपुरको (ख) लाइनस्थित ह्याच ट्याग रेष्टुरेण्ट एण्ड लजमा अडिसन राखिएको आयोजकहरुले जानकारी दिएका छन् ।

निर्माण गर्ने भनिएको चलचित्रका लागि २० देखि ३० बर्ष उमेर समुहका चार पुरुष र चार महिला कलाकार छनोट गर्न अडिसन गर्न लागिएको पनि जानकारी दिइएको छ ।


आयोजक मध्यका देबेन्द्र बिक र प्रमोद कँडेलले त्यस्तो जानकारी दिएका हुन ।
चन्द्र सुर्य मिडिया एण्ड मूभी मेकर्स प्रालिको अध्यक्ष अरुण श्रेष्ठ हुन । कलाकार छनोट भएको दश दिन भित्रै चलचित्रको शुभमुर्हत गरिने आयोजक टिमका एक जनाले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *