२०८१ चैत्र ६ गते बुधवार

पल शाहलाई आज म्याद थप गरिँदै

काठमाडौँ,फागुन २२ । जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई आइतबार म्याद थप गरिँदै छ ।

पल शाह (पूर्णविक्रम शाह) फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।

अदालतले दिएको सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप म्याद लिइने तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायांकनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

जाहेरी दर्ता भएपछि शाह आफैं प्रहरीकहाँ उपस्थित भएका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *