सान्या, मङ्सिर २२। चीनको सान्यामा आयोजना भएको सन् २०१८ को मिस वर्ल्ड घोषणाको लागि नेपालकी श्रृखंला खतिवडाको यात्रा टप १२ मै टुङ्गिएको छ।
प्रतियोगितामा मिस मल्टिमिडिया तथा ब्यूटि वीथ पर्पोजको उपाधि जितेर अन्तिम ३० मा प्रवेश पाएकी थिइन्। मिस वर्ल्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला खतिवडालाई बलियो प्रतिस्पर्धी मानिएको थियो।
६८ औँ संस्करणसम्म आइपुग्दा ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडामा सबैको ध्यान पुगेको थियो । मिस वर्ल्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका छन् ।
प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार