दाङ, मंसिर १५ । शान्तिनगर र दंगिशरण गाउँपालिकामा महिला हिंसाको विरोधमा चित्रकता प्रतियोगिता आयोजना गरिएको छ । स्थानीय जनकल्यान मावि शिमसुन्दरपुरमा भएको उक्त प्रतियोगितामा दश वटा विद्यालयका २० जना विद्यार्थीले भाग लिएका थिए । चित्रकला प्रतियोगितामा जनकल्यान माविमा कक्षा ८ मा अध्यनरत मिना परियार प्रथम, दृतियपनि सोही विद्यालयकै नविन शर्मा र तृतिय आदर्श मावि काँसीपुरका छात्र महेश चौधरी आउन सफल भएका थिए । त्यस्तै मावि तुलसीपुर धनौरी दाङकी छात्रा सपना वलीले सानत्वना स्थान हासिल गर्न सफल भए ।
शुक्रवार पनि त्यही कार्यक्रम दंगिशरण गाउँपालिका भित्रका विद्यालय स्तरिय चित्रकला प्रतियोगिता भएको थियो । विरेन्द्र मावि हेकुलमा भएको प्रतियोगितामा प्रथम सोही विद्यालयकी छात्रा पूर्णिमा भण्डारी प्रथम, पृथ्बीजनता माविकी छात्रा अनिता पुन द्धृतिय , सरस्वती आधारभूत विद्यालयका छात्र टिकाराम भण्डारी तृतिय र पृथ्बी जनाता आधारभूत विद्यालयका छात्र पूर्ण कुमाल सानत्वमा स्थान हालिस गर्न सफल भएका थिए ।
समाजमा वातावरणिय शिक्षाको विकास सिड संस्थाको आयोजना र सन्दिप आर्ट तुलसीपुरको सहयोगमा चित्रकला प्रतियोगिता भएको थियो । चित्रकार लेखराज गिरीको पहलमा गाउँपालिका स्तरिय चित्रकला प्रतियोगिता भएको हो ।