२०८२ बैशाख ७ गते शनिवार

योगा क्लासपछि यसरी मस्ती गर्छन करीना र अमृता

बलिउडमा करीना कपूर र अमृता अरोड़ाको दोस्ती गजबको छ । दुवैजना हरेक दिन एकसाथ योगा क्लास जाने गर्छन् । उनीहरु आफ्नो योगा क्लास सकिएपछि निकै रमाइलो पनि गर्छन् ।

हालै उनीहरुको यो विशेष क्षण क्यामेरामा कैद भएको छ । तस्बिरमा मुम्बईको ब्रान्द्रा स्थित योगा क्लासको बाहिर दुवैजना कुनै कुरालाई लिएर हाँसो ठट्टा गरिरहेका देखिए ।

प्राय दुवैजनालाई लंच/डिनर वा कुनै पार्टीमा एकसाथ रमाइलो गरेको देख्न पाईन्छ । करीना र अमृताको दोस्ती १० वर्ष भन्दा पुरानो रहेको बताइन्छ ।

शनिबार उनीहरु एउटै रंग कालो पोशाकमा देखिएका थिए । करीना छिट्टै एक रेडियो शो होस्ट गर्ने तयारीमा छिन् ।

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *