२०८० फाल्गुन २० गते आइतवार

बिहिवार सुनको मुल्य तालोमा दुई सय रुपैयाँले बढ्यो

काठमाडौँ,मंसिर २१ । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। तर यता चाँदी भने २० रुपैयाँ सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज छापावाल सुन १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँ प्रतितोला मूल्यमा किनबेच भइरहेको छ।

अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख १८ हजार ४ सय र १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएका थिए।

तर आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। चाँदी अघिल्लो दिन १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *