२०८२ जेष्ठ ३० गते शुक्रवार

शेयर बजार दाेहाेराे अङ्कले घट्याे

काठमाण्डाै ,मंसिर १९ । शेयर बजार आज मङ्गलवार पनि घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १० अङ्कले घटेर १ हजार ८ सय ३७ दशमलव ७१ विन्दुमा झरेकाे छ ।

आज जीवन बीमाबाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज उत्पादन तथा प्रशाेधन, हाेटल तथा पर्यटन, निर्जीवन बीमा, व्यापार र माइक्राेफाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

आज सबैभन्दा धेरै विशाल बजार कम्पनीकाे शेयर साढे ९ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन सिङ्गटी हाइड्राे इनर्जीकाे शेयर १० प्रतिशतले बढेकाे छ ।

आज बजार घटे पनि काराेबार रकम बढेकाे छ । हिजाे साेमवार १ अर्ब १९ कराेड रुपैयाँकाे शेयर काराेबार भएकाेमा आज ४६ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ५४ कराेड रुपैयाँमा काराेबार भएकाे छ ।

सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालकाे ३६ कराेड २९ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *