दाङ जिल्लामा संचालन हुँदै आएका अटो तथा टेम्पोहरुको भाडादर मंगलवार निर्धारण गरिएको छ । लामो गृहकार्य पछि दाङमा संचालन हुँदै आएका अटो तथा टेम्पोहरुको भाडादरमा एक रुपता ल्याउने प्रयास गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन कुँवरले बताए । यसअघि टेम्पो तथा अटोहरुले मनोमानी रुपमा भाडा असुलेको व्यापक जनगुनासो थियो ।
यातायात व्यवस्था समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले भाडादरमा एकरुपता ल्याउन नयाँ भाडाडर कायम गर्ने निर्णय गरेको हो । मंगलवार घोराहीमा बसेको यातायात व्यवस्था समितिको बैठकले दाङको नारायणपुर, घोराही र लमही क्षेत्रमा संचालनमा रहेका अटो तथा टेम्पोहरुको भाडादर निर्धारण गर्नुका साथै मंगलवारदेखि नै लागु गर्ने निर्णय भएको कुँवरले जानकारी दिए । यसअघि नै दाङको प्रमुख शहर तुलसीपुर, भालुवाङका विषयमा भने मंगलवार कुनै निर्णय भएको छैन ।
नयाँ निर्धारण गरिएको भाडादरमा स्थान अनुसार न्युनतम २५ रुपैंयादेखि अधिकतम प्रतिव्यक्ति १ सय रुपैंयासम्म भाडादर निर्धारण गरिएको छ ।
(सूचि सहित)