२०८२ माघ ३ गते शनिवार

शेयर बजारमा ९.९१ अंकको वृद्धि

काठमाडौँ,साउन २ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक सय ५४ दशमलव शून्य सातमा पुगेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले उकालो लागेर चार सय सात दशमलव एक तीनमा पुगेको छ कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ।

नेप्सेका अनुसार कूल ८६ लाख ७६ हजार चार सय ३८ कित्ता शेयर तीन अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ मूल्य बराबरको कारोबार भएको छ। आजको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब ६५ अर्ब ४७ करोड ३२ लाख ४९ हजार चार सय ४३ बराबर पुगेको छ।

कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ। सो कम्पनीको २१ करोड ७७ लाख ३९ हजार आठ सय ६३ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार शिवम् सिमेन्ट १७ करोड ९८ लाख ६१ हजार तीन सय चार, हिमालयन लाइफ इन्स्योरेन्स १५ करोड ६३ लाख ९० हजार तीन सय ३३, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रू ११ करोड ६६ लाख ११ हजार र एशियन लाइफ इन्स्योरेन्स १० करोड २३ लाख ७१ हजार नौ सय ७३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

त्यस्तै, बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। शुभम् पावर आठ दशमलव ८९, युनिलिभर नेपाल आठ दशमलव ३९ र उपकार लघुवित्तका लगानीकर्ताले छ दशमलव ७८ प्रतिशतले कमाएका छन्।

नेप्सेका अनुसार सानिमा लार्ज क्याप पाँच दशमलव १४, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो चार दशमलव ६३, सिटिजन म्युचुअल फण्ड पहिलो चार दशमलव ११, सानिमा ग्रोथ फण्ड तीन दशमलव ९० र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *