२०८२ पुष ३० गते बुधवार

सुन तोलामा ३ सयले बढ्यो

काठमाडौं,साउन २ । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर पुनः एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा स्थिर छ ।

सोमबार एक लाख १२ हजार २ सय रुपैयाँमा छापावल सुन र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *