दिवाकर पोख्रेल-शिवु खनाल,
हर्दवा, फागुन, २६ । दाङको देउखुरीमा व्यववसायिक कागती खेती बाट किसानले राम्रो आम्दानी गर्न सफल भएका छन् । लमही नगरपालिका वडा नम्बर ९ निवासी अमर कुवंरले १८ कठ्ठा जग्गामा व्यवसायिक कागती खेती सुरु गरेको ४ बर्ष भइसकेको छ । त्यसवाट उनले राम्रो आम्दानी गर्दै आएका छन् ।
‘चार बर्ष भयो मैले कागतीको व्यवसायिक खेतिको सुरुवात गरेको,’ कुवंरले भने ‘गतसालदेखि बल्ल फल्न थालेको हो ।’ उनले गतसाल ३० हजारको कागती बिक्री गरेको जानकारी दिए ।
देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ बाङ्गेताल निवासी बमबहादुर चौधरीलेपनि व्यवसायिक रुपमा कगती खेती गर्दै आएका छन् । बाह्र कट्ठा जग्गामा गरेको खेती बाट आज चौधरीले पनि फाइदा लिन थालेका छन् ।
३ सय ५० वटा विरुवा रोपेका उनले प्रर्ति बोटमा ४० देखि ५० किलो कागती फल्ने दाबी गरे ।
बाह्रैमास फल्ने स्थानीय जातको कागती बाट राम्रो आम्दानी गर्ने उनीहरुले बताएका छन् । पुर्व नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका नविनले राजनीति संगै व्यवसायपनि गर्न जरुरी रहेको बताए ।
कुवँर जस्तै चौधरीलेपनि पहिलो लटमा ४८ हजारको कगती बिक्री गरेको बताएका छन् ।