२०७९ मङ्सिर १६ गते शुक्रवार

सुनको भाउ आज तोलामा सय रुपैयाँले बढ्यो

काठमाण्डौ,मंसिर २ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

सुन आज तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो तोलामा २ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भएको थियो । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ ।

हिजो तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार २ सय ८० रुपैयाँ तोकिएकोे छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.