काठमाण्डौ,कात्तिक १ । सुन चाँदीको भाउ आज बढेको छ ।
सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदी एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
