२०८१ बैशाख १३ गते बिहिवार

राप्तीबाट चार लाख स्मार्ट लाइसेन्स वितरण

यातायात व्यवस्था कार्यालय राप्ती दाङले करीब चार लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण गरेको छ ।

कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको प्रमुख मित्रलाल ढकालले बताउनुभयो ।
यातायात विभागबाट एक पटकमा राप्तीमा दुई हजारका दरले स्मार्ट लाइसेन्स आउने गरेको उहाँले बताउनुभयो ।

सवारी चालकमा स्मार्ट लाइसेन्सको माग तीव्र रहेको उहाँले बताउनुभयो । नयाँ लाइसेन्स प्राप्त गरेकाले, हराएको, नयाँ नवीकरण गरेको, थप गर्नुपर्ने, लाइसेन्सको विवरण थपघट गर्नुपर्ने भएकाले मात्रै स्मार्ट लाइसेन्स पाउने कार्यालयका नायब शुब्बा शान्तराज गौतमले बताउनुभयो ।

राप्तीबाट गएको माघ २७ गतेदेखि स्मार्ट लाइसेन्स वितरण शुरु भएको उहाँको भनाइ छ । राप्तीबाट विभिन्न सवारीसाधनका गरी जम्मा पाँच लाख ३८ हजार ८९९ लाइसेन्स वितरण भएका छन् ।रासस

प्रकाशित मिति : २०७५ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *