काठमाण्डौ,चैत १५ । सुनको भाउ आज १३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँमा झरेको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो भने अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ थियो ।
रुस र युक्रेनबीच युद्ध सुरु भएपछि गएको फागुन २५ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख ५ हजार पाँच सय रुपैयाँमा पुगेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार