२०८३ भाद्र ११ गते बिहिवार

सुनको भाउ ६ सय रुपैयाँले घट्यो

काठमाण्डौ,चैत ६ । हप्ताको पहिलो दिन आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ ।

अस्ति सुनको भाउ तोलामा ९९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार महासङ्घले सुनको मूल्य निर्धारण गर्ने गरेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ। तोलामा १० रुपैयाँले घटेर चाँदी आज १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *