काठमाडौं, पुस १८। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आयल निगमले आज मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
अब आयल निगमका अनुसार एक लिटर पेट्रोलको मुल्य १०८ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्नेछ ।
यसअघि प्रतिलिटर १ सय १० पर्ने पेट्रोलको मूल्य १ सय ८ मा झरेको छ । प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल र डिजेल ९५ रुपैयाँमा कायम भएको छ।
इन्धनको नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा नाफा भएपनि एलपी ग्याँसमा प्रति सिलिण्डर ८० दशमलव ६९ रुपैयाँ घाटा रहेको निगमले जानकारी दिएको छ।
प्रकाशित मिति : २०७५ पुष १८ गते बुधवार