
काठमाडौं,६ असोज । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजाबी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ ।
मंगलबार तोलामा ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य ११ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार