काठमाण्डौ,माघ २० । सुनको भाउ आज स्थिर छ ।
हिजो जस्तै सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा पुगेको थियो ।
प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार
