२०८१ बैशाख ७ गते शुक्रवार

सुनकाे भाउ ताेलामा चार सय रुपैयाँ बढ्याे

काठमाण्डौ,माघ १३ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ ।

छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि भएर ९२ हजार ८०० रुपैयाँ पुगेको छ ।

छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तोलामा ९१ हजार ९०० रुपैयाँमा सोमबार कारोबार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ ।

तोलामा एक हजार २६० रुपैयाँमा सोमबार कारोबार भएको चाँदी आज भने एक हजार २५५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *