२०८१ बैशाख १४ गते शुक्रवार

महोत्सबका दर्शकलाई टिभी प्रदान


तुलसीपुर,फागुन २९ । दाङको तुलसीपुरमा माघ १० देखि २१ सम्म सञ्चालन भएको तुलसीपुर महोत्सबका दर्शकलाई उपहार प्रदान गरिएको छ । टिकट सौजन्य गरेको सिजी फुड्स नेपाल प्रालिले महोत्सबमा बिक्रि गरेको टिकटमा लक्किड्र मार्फत घोषणा बिजेताहरुलाई पुरस्कार बितरण गरेको हो ।

बिहीबार तुलसीपुर ४ निवासी ज्ञानबहादुर घर्तीलाई ३२ ईञ्चको एलईडी टिभी र तुलसीपुर ६ का पार्वती चौधरीलाई ईलेक्ट्रिक आईरण प्रदान गरिएको हो ।

तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा सिजी कम्पनिका प्रतिनिधि उदयराज खडका र बाणिज्य सघका पूर्व अध्यक्ष बिमल रिजाल लगायतले सयुंक्त रुपमा ती पुरस्कार हस्तान्त्रण गरेका हुन ।

त्यसक्रममा अध्यक्ष रावतले महोत्सबको खर्च र आम्दानीको बिबरण सकंलनको काम अन्तिम चरणमा पुगेको र केही दिन पछि सार्वजनिक गरिने जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *